काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारले ल्याएको बजेटमा एकरुपता नदेखिएको बताएका छन । सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पौडेलले निश्चित योजना समयमा नै सम्पन्न गर्नेगरी र पुराना योजना सबै सक्नेगरी बजेट आउनुपर्ने भएपनि त्यो अनुसार बजेटमा एकरुपता नदेखिएको बताए।
उनले सरकारले यो वर्ष पनि बजेट कनिका छरे जस्तै गरी बजेट छरेको बताए । उनले सरकारले बजेट मन्त्रालय वा जिल्लागत रुपमा योजना छनोट गर्दा एकरुपता कायम नगरेकाले अहिले समस्या देखिएको बताए। उनले सरकारले पुँजीगत खर्च कम भएको थाहा पाउँदा पाउँदै त्यही अनुसारका योजना बनाउन नसकेको बताए । सांसद पौडेलले रकारसँग पैसा कम भएकाले नयाँ योजना ल्याउनसक्ने स्थिति नभएको, पुराना आयोजनाहरुलाई सम्पन्न गर्न र सरकारको दायित्व पूरा गर्नुपर्ने तस्विर मन्त्रालयको बजेटमा आउन नसकेको पनि बताए।
उनले भने,‘अहिलेको बजेट एकदुई ठाउँ मात्रै कनिका छरियो । सबैतिर किन छरिएन भन्ने बहस चलिरहेको छ । बजेट कनिका छरे जस्तो छर्ने काम नै बेकार हो । निश्चित योजना तय गर्ने र त्यो योजनालाई कुनै पनि हालतमा पूरा गर्नुपर्छ । नयाँ योजना नआउने हो भने पुराना योजना सबै सक्नेगरी बजेट विनियोजन गर्नुपर्ने थियो । सरकारले ल्याएको बजेटमा एकरुपता देखिएको छैन । त्यसले गर्दा समस्या भएको देखिएको छ । सरकारले पुँजीगत खर्च कम भएको थाहा भएको भए त्यही अनुसारका योजना बनाउन सक्नुपर्ने थियो । सरकारसँग पैसा कम भएकाले नयाँ योजना ल्याउन सक्ने स्थिति छैन । पुराना आयोजनाहरुलाई सम्पन्न गर्न सक्नुपर्ने छ । सरकारको दायित्व यति हो त्यो दायित्व पूरा गर्नुपर्ने भन्ने सम्पूर्ण तस्बिर मन्त्रालयको बजेटमा आउन सक्नुपर्ने थियो । अब मन्त्रालयले पूराना योजनाहरुलाई कसरी सम्पन्न गर्न सकिन्छ । काठमाडौं द्रुत मार्ग फास्ट ट्रयाक जिम्मा लिएको नेपाली सेनाले होइन । सेना भनेको सरकार होइन । सरकारको एउटा निकायले जिम्मा लिएको सडकको हालत यस्तो छ । खास कारण के हो रु के समस्या भएको कारण यस्तो भएको हो । त्यसको समय र लागत कति थियो । आज कहाँ पुगेको छ । यसले सरकारको क्षमता माथि प्रश्न उठाएको छैन । यो कुनै ठेकेदार र एउटा कुनै कम्पनीलाई दिएको होइन । नेपाली सेनालाई दिँदा समयमा नै काम सम्पन्न हुन सक्दैन । त्यसको लागत ५ गुणा बढेको छ । नेपालमा पूर्वाधार निर्माण गर्ने सन्दर्भमा नागरिकहरुले कति सास्ति पाएको छ । दुई वर्षमा सम्पन्न गर्ने भनेको काम ६ वर्ष लागेको छ ।’
उनले सरकारको एउटा निकायले नेपाली सेनाले जिम्मा लिएको फास्टट्रयाक समयमा नै सम्पन्न गर्न नसक्नु सरकारको क्षमता माथि प्रश्न उठ्ने बताए। उनले उक्त सडकको जिम्मा कुनै ठेकेदार र एउटा कुनै कम्पनीलाई नदिएको भन्दै नेपाली सेनालाई दिँदा समेत समयमा नै काम सम्पन्न हुन नसक्नु राम्रो पक्ष नभएको बताए। उनले सडकको बन्ने लागत ५ गुणा बढेको तथा नागरिकहरुले बढी सास्ति पाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
आगामी वर्षदेखि उपचारमा चस्माको भ्याट र भन्सार लिँदैनौँ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यमन्त्रीको आश्वासन : विशेष निर्णय गरेर गेटामा असारदेखि नै एमबीबीएस पढाउन सकिन्छ
नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयासरत छु : स्वास्थ्य मन्त्री पौडेल
कानुन कार्यान्वयनमा सरकार क्रियाशील छः प्रदीप पौडेल
तलब खुवाउन मन्त्रालयको मुख नताक्न वैद्यखानालाई मन्त्री पौडेलको आग्रह