काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले वर्तमान सरकार राणाकालीन श्री ३ जस्तो भएको बताएका छन् । बुधबार काठमाडौंमा पार्टीले गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै राणाले भने, ‘म मोहनशमशेरको नाति दाबाका साथ भन्छु यो देशमा बल्ल श्री ३ आयो ।’
गठन भएको पाँच महिनामै सरकारले असली तानाशाही रूप देखाएको उनले टिप्पणी गरे । कम्युनिस्टको सर्वसत्तावाद र निरंकुश कार्यशैली रोक्न पार्टीले एक्लै र प्रजातान्त्रिक शक्तिसँग मिलेर आन्दोलन गर्ने उनले जनाए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १७ साउन २०७५, ०९ : ०२
लेखकबाट थप