साउदी । गैरआवासीय नेपाली संघले (एनआरएनए) आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलनको आयोजना ओमनमा असार १३ देखि १५ (२८– ३० जुन) सम्म गर्ने भएको छ।
यस सम्मेलनले मध्यपूर्वका देशमा रहेका नेपालीको समस्या समाधानका लागि दीर्घकालीन योजना खोज्ने, नेपाली श्रमिकको हक हितका लागि राष्ट्रिय योजनाबाट कार्य अगाडि बढाउने, विदेशबाट नेपालीलाई श्रम स्वीकृति नवीकरण गर्न जोड दिने, सामाजिक सुरक्षा व्यवस्थापन, श्रमिक सम्झौता, वैदेशिक रोजगारमा रहेका नेपालीको भोटिङ व्यवस्था, घरेलु महिला कामदार समस्या समाधानलगायतका लागि सरकारको ध्यानाकर्षण गराइने उद्देश्य रहेको छ।
सम्मेलनमा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामत्री पूर्णबहादुर खड्का, बिशिष्ट अतिथि श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, निर्वाचन आयोग प्रमुख दिनेश थपलियालगायत नेपाली राजदूतहरू र गैरआवसीय नेपाली संघ आईसीसीका अध्यक्षसहित अन्य पदाधिकारीको सहभागी हुनेछ।
साथै साउदी अरेबिया, कतार, यूएई, बहराइन, ओमन, कुवेत, इराकलगायतका राष्ट्रिय परिषद्को सहभागी हुने जनाइएको छ। सम्मेलन ओमन सहरको होलिडे होटलमा हुने ओमनस्थित एनआरएनएका अध्यक्ष बिकल झाले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क ७ लाख रुपैयाँ
उच्चस्तरीय समितिका अध्यक्ष घले युरोप र मध्य पूर्वको भ्रमणमा जाँदै
सरकारले पनि भन्यो 'मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक'
एनआरएनएले शेष घलेलाई कार्यालय हस्तान्तरण नगर्ने
एनआरएनए एकता महाधिवेशनको पहलः घलेले लिए ६ घण्टा सुझाव
अध्यादेशमा ‘आफ्नै नागरिकलाई भिसा दिनेʼ व्यवस्था गरेको भन्दै एनआरएनएको विरोध