काठमाडौं। ह्वावे र आइसीटी फाउण्डेसन नेपाल (आइएफएन) ले ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाका लागि सहकार्य गरेका छन् ।नीति निर्माताहरू, उद्योग विशेषज्ञहरू, विचारधाराहरूका साथै विभिन्न इकोसिस्टम साझेदारहरूलाई एकै ठाउँमा ल्याएर राम्रो र डिजिटलरूपमा सक्षम नेपाल निर्माणका लागि छलफल गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
ह्वावे नेपालको कार्यालयमा भएको समझदारीपत्रमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वाङ जुन र आईएफएनका अध्यक्ष राजन लम्सालले सम्बन्धित संस्थाको तर्फबाट हस्ताक्षर गरेका छन् ।कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन दुवै पक्ष मिलेर काम गर्ने सहमति भएको छ ।कार्यक्रम यही असार ८ र ९ गते सोल्टी होटल काठमाडौंमा हुनेछ । कार्यक्रममा विभिन्न देशका विषय विज्ञहरूको सहभागिता रहने छ ।
‘डिजिटल्ली सक्षम, सबल नेपाल’ भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रमले डिजिटल रुपान्तरणका लागि नेपालको क्षमताका साथै त्यससँग सम्बन्धित आवश्यक नीति नियमहरू र त्यसको कार्यान्वयनका पक्षमाथि विशेष जोड दिनेछ ।डिजिटल नेपाल कन्क्लेभ २०२३ को प्रि–इभेन्ट अभियानको रूपमा, आइएफएनले नेपालका सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० पनि आयोजना गरेको छ । डिजिटल नेपाल कन्क्लेभ गत वर्ष आइएफएनद्वारा शुरु गरिएको एउटा कार्यक्रम हो ।
डिजिटल नेपाल कन्क्लेभ २०२३ को साथसाथै, ह्वावेले उद्यम, दूरसञ्चार र आईसीटी कम्पनीहरूलाई फाइदा पुग्ने अत्याधुनिक प्रविधिहरू र समाधानहरूले आफ्नो प्याभिलियनलाई सुसज्जित गरेर मोबाइल नेपाल कंग्रेस (एमएनसी) आयोजना गर्नेछ ।ह्वावेले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरू, र एमएनसीको लागि वातावरणीय, सामाजिक तथा सुशासनको विषयवस्तुको रुपमा आफ्नो मार्ग निर्देशिका तय गरेको छ ।
ह्वावेले मोबाइल नेपाल कंग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई तीव्रता दिनको लागि देशमा विश्वव्यापी आविष्कार र समाधानहरूलाई छलफलमा ल्याएर यसको सान्दर्भिकता र व्यापारको सम्भावनामा योगदान हुने विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १३ : २२
लेखकबाट थप