काठमाडौं।भारतीय चललिच आदिपुरुषमा सीतालाई भारतकी छोरी तथा नेपाल भारतकै अंग भनेर प्रचार भइरहेको बारे नेकपा एमालेका सांसद ठाकुर गैरेले संसदमा प्रश्न उठाएका छन् । आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद गैरले भारत सुगौली सन्धिबाट पछि हटेर नेपाललाई ग्रेटर नेपालको बहसमा धकेल्न लागेको भनेर प्रश्न गरेका हुन् ।
‘नेपालमा जन्मेका गौतमबुद्धलाई भारतमा जन्मेका हुन् भनेर भ्रम गर्ने भारतले अहिले संसदमा कपिलबस्तु र लुम्बिनीलाई नक्सामा राखेर गलत काम गरेका छ । अहिले फेरि आदिपुरुष सिनेमाका नाममा सीता भारकी छोरी भ्रमपूर्ण सन्देश समाचार प्रभाव गर्ने मात्र होइन त्यसका लेखकले नेपाल भारतकै अंग भनेर अन्तरवार्ता मार्फत गलत सन्देश फैलाइरहेका छन्’।
सांसद गैरेले भने, ‘नेपाल सरकार के गर्दैछ ? भारत सुगौली सन्धिबाट पछि हटेको हो ? नेपाललाई ग्रेटर नेपालको बहसमा धकेल्न खोजेको हो ? भारतले त्यसो गर्न चाहेको हो भने देशको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन नेपाली तयार रहनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न ठाकुर गैरेको माग