काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ गते आफ्नो पार्टीको स्थापना दिवस मनाउने भएको छ। पार्टी स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा रास्वपाले असार ७ गते ७७ वटा जिल्लामा दिवस मनाउने भएको हो।
रास्वपा सभापति रवि लामिछानेले उक्त दिन साँझ ७ बजे सात प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घण्टी बजाउन आह्वान गरेका छन्। उनले घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्याग बज्यो घण्टी राखेर पोस्ट गर्न आग्रह गरेका छन्। ‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु’, उनले भनेका छन्।गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो। ०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो। ०८० मा भएको उपचुनावमा पनि सिट थपेसँगै उसको सिटसंख्या २१ पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको एक महिने समीक्षा यात्रा सुरु
नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधारको जग बसाल्यो : डा. स्वर्णिम वाग्ले
संसदीय छानबिन समिति गठनमा समर्थन गर्न सक्दैनौँ :रास्वपा
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
भन्सार महसुल छुटका सवारी साधन २० वर्षसम्म बिक्री गर्न नपाइने
कांग्रेसलाई रास्वपाको जवाफ- कुण्ठाको राजनीति छाडेर आउनुस्, कानूनी रूपमा जाऔँ