काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ वैशाखमा संसदीय दलको बैठक बोलाइएको छ ।
इलाम-२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएको छ । रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन् । नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको २१ वैशाखमा दुई महिना पुग्दै छ । पार्टी बैठकमा सरकारमा सहभागिता र प्रभावकारिताबारे छलफल रास्वपाले जनाएको छ । पार्टी बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ बैशाख २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक बस्दै
लोसपाको केन्द्रीय समितिको बैठक सुरु
केन्द्रीय समितिको संख्या घटाउन र विशेष महाधिवेशनमा जान प्रस्ताव
जनमतको केन्द्रीय समितिको बैठक बस्दै
नैनसिंह महरको प्रश्न- कोशीको नामकरण र सरकार गठनबारे कसैले सोध्दा कांग्रेसले के भन्ने ?