माथिल्लो तामाकोसीको सेयर आजदेखि

पत्रपत्रिकाबाट

बुधबार, १६ साउन २०७५, ०८ : ४४
माथिल्लो तामाकोसीको सेयर आजदेखि

काठमाडौं ।  अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर बुधबार (आज) देखि संकलन सुरु हुँदैछ ।

पटक पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन लागेको हो ।
दोस्रो चरणमा आयोजना प्रभावित (दोलखावासी)ले बुधबारदेखि तोकिएको संकलन केन्द्रहरुबाट सेयर भर्न पाउनेछन् ।

दोलखावासीलाई सेयर निष्कासनपछि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन हुनेछ ।  आजको कारोबारमा खबर छ ।

प्रतिक्रिया दिनुहोस