काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फलोप) का लागि सिङ्गापुर गएकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उनलाई पार्टीको कार्यवाहक सभापति तोकिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
“नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देशबाहिर प्रस्थान गर्नुभएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुन्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको छ,” पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ: पूर्णबहादुर खड्का
पूर्णबहादुर खड्का बने कांग्रेसको कार्यवाहक सभापति
मञ्चमा नेताहरूको दोहोरी बन्द गरेर कोठाभित्रै बहस गर्नु पर्यो : पूर्णबहादुर खड्का
कांग्रेस-एमाले संयन्त्रको संयोजनको जिम्मा पुनः खड्कालाई
भेरी किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास
नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्काबीच भलाकुसारी