चितवनको कालिकामा लायन्स क्लवले गर्‍यो वृक्षारोपण

मंगलबार, १५ साउन २०७५, १९ : ४१
चितवनको कालिकामा लायन्स क्लवले गर्‍यो वृक्षारोपण

चितवन । लायन्स क्लव अफ चितवन कालिकाको आयोजनामा आज वृक्षारोपण गरिएको छ । पूर्वी चितवनको कालिका ७ सगुनटोलमा रहेको उदयपुर सामुदायिक वनको पार्क क्षेत्रमा वृक्षारोपण गरिएको हो । वृक्षारोपणका क्रममा धुपी, आँप, लिची, बकाइना, मसला, अम्बा लगायतका विभिन्न प्रजातीका करिब ३ सय बिरुवा रोपिएको थियो ।

क्लवका अध्यक्ष शिशिर सिंखडाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ का एओजी निरज श्रेष्ठ, उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, वृक्षारोपण कार्यक्रमका संयोजक क्लवका प्रथम उपाध्यक्ष सुदर्शन अधिकारी, क्लवका संस्थापक अध्यक्ष बिनोद रेग्मी, क्लवका सचिव सि.पी. अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैगरी लायन्स क्लव अफ समृद्धि रत्ननगरले पनि आज एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण गरिएको क्लवका अध्यक्ष चन्द्रिका महतले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस