जुम्ला । जुम्लाका एक युवक तिला नदीमा बेपत्ता भएका छन् ।
आज बिहान करिव ७ बजेतिर तिला–६ घोडे गाउँका १७ वर्षीय मोहन रोकाया पुलबाट चिप्लिएर नदीमा परी बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।
उनी जुम्लाको तिला गाउँपालिका–१ मा निर्मित अस्थायी पुल बाट चिप्लिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।
तिला–१ रारालिही बजारबाट चामलको बोरा लिएर घर जाने क्रममा पुलबाट चिप्लिएर बेपत्ता भएका उनको प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेका छन्।
तिला नदी धमिलो भएकाले खोजी कार्यमा समस्या भएको सूचना अधिकारी जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तकोशीमा बेपत्ता २ जना अझै भेटिएनन्, खोजी जारी
पौडी खेल्न गएका दुई बालक नारायणी नदीमा बेपत्ता
एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता
३ महिने शिशु बेपत्ता, अपहरणको आशंका
माछा मार्न गएका युवक नदीमा बेपत्ता
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन