काठमाडौ । कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन र चरेशसहित तीन युवक पक्राउ परेका छन्।
आइतबार राति भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा नं. ७ नजिकबाट तीन युवक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, सोही ठाउँका २० वर्षीय सुरज राना र२१ वर्षीय हरिश दमाइ छन्।
उनीहरुको साथबाट ०.५१ ग्राम चरेश, ०.६० ग्राम खैरो हेरोइन र एकथान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल गड्डाचौकीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा उनीहरुको साथमा लागुऔषध भेटिएको थियो।
पक्राउ परेका तीनैजना अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ जेठ २०८०, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोली हानेर १ जना लागुऔषध कारोबारी पक्राउ, अर्का फरार
अवैध लागुऔषधसहित तीन जना पक्राउ
बाँकेमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढेः चुनौतीपूर्ण बन्दै न्यूनीकरण
बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै
लागुऔषधको डिलर पक्राउ
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ