काठमाडौँ । वैदेशिक रोजगार विभागको सुरक्षार्थ डीएसपीको कमान्डमा सुरक्षाकर्मी खटाइने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य तथा छलफल भइरहेको विभागले जनाएको छ ।विभागका महानिर्देशक मदन दहालले विभागको सुरक्षार्थ सुरक्षा पोस्ट राख्ने विषयमा छलफल भइरहेको बताए ।
विभागमा बढ्दो सेवाग्राहीको चाप र हुल हुज्जत हुन थालेपछि विभागले सुरक्षाकर्मी माग गरेको थियो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेर गृह मन्त्रालयलाई पठाएको थियो । गृह मन्त्रालयले भने हालसम्म कुनै निर्णय गरेको छैन । लामो समयसम्म पनि कुनै पहल अगाडि नबढेपछि विभागले नै सक्रियता देखाएको छ ।
दिनदिनै ठगीका घटना बढ्दै जाने र विभागमा आएर अनावश्यक हो हल्ला गर्नुका साथै काममा अवरोध सिर्जना हुँदै आएको छ ।महानिर्देशक दहालले डीएसपीको कमान्डमा बर्दिधारी सुरक्षाकर्मी राख्नको लागि पहल भइरहेको बताए ।‘आज आईजीपी सापसँग छलफल गर्ने कुरा थियो । तर, उहाँ सिंगापुर जानुभयो । अब उहाँ फर्किएपछि छलफल गर्छौ’ महानिर्देशक दहालले भने ।
हाल विभागमा सादा पोशाकमा प्रहरी खटाइएको छ । तर, अब बर्दिधारी नै राख्न लागिएको उनको भनाई छ ।वैदेशिक रोजगारीमा जाने श्रमिकहरू दिनप्रतिदिन ठगिँदै आएका छन् । पर्याप्तमात्रामा जनशक्ति नहुँदा अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको विभागले जनाएको छ ।
हाल विद्यमान रहेको जनशक्ति र सुरक्षाकर्मीको सहयोगमा अनुगमनलाई प्रभावकारी बनाउनुका साथै ठगी गर्ने गिरोहमाथि तत्काल एक्सन लिन सजिलो हुने महानिर्देशक दहालले बताए ।यसअघि विभागमा ठाउँ अभाव थियो । अब ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा सरेसँगै सेवा प्रवाहमा सहजता आउने विभागको विश्वास रहेको छ । त्यहाँ सुरक्षाकर्मीको पोस्ट खडा गर्न पनि सहज हुने महानिर्देशक दहालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दशैंको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन विभागको चेतावनी
वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ
सरकारले म्यानपावर व्यवसायीसँग माग्यो ‘फ्री भिसा फ्री टिकट’ मा कामदार पठाएको विवरण