काठमाडौँ। कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
बैंकले जेठ १७ गतेदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन बुधबार बिहान १० बजे कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा खोलिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुमारी बैंकको नयाँ वर्ष अफर : भाग्यशाली १ जनालाई आईफोन–१५ उपहार
कुमारी बैंकको मोबाइल बैंकिङ्क एपबाटै कर्जा लिन सकिने
कुमारी बैंकको सेयर बिक्रीमा
कुमारी बैंकको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा