उडिसा । भारतको पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ भने अन्य ८०३ जना घाइते भएका छन् ।
टाइम्स अफ इन्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, २० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २८८ जनाको मृत्यु भएको छ ।
घाइते यात्रुलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ । ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब १७१ किलोमिटर उत्तरपूर्वमा पर्ने बालासोर जिल्लाको बहानागा बजार स्टेसन नजिकै शुक्रबार साँझ सो दुर्घटना भएको हो ।
उक्त दुर्घटनाका कारण प्रभावित रेलमार्गमा सेवा अवरुद्ध भएको छ । दुर्घटनाका कारण हालसम्म ४८ वटा रेलको आवागमन रद्द गरिएको छ भने ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छभने १० वटाको आवागमन केही समयका लागि रद्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० जेठ २०८०, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झारखण्डमा रेल दुर्घटनाः २ जनाको मृत्यु, २० घाइते
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा रेल दुर्घटना : पाँचको मृत्यु, २५ जनाभन्दा बढी घाइते
अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, घाइते ६० जना अस्पतालमा