काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लंघन गरेको बताएका छन्।
प्रधानमन्त्रीले भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास विपरित भएको उनको भनाइ छ।
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रम प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ। प्रम प्रचण्ड समकक्षी प्रमसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसंग ? अफसोस, देशको झुकेको शीर।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल