काठमाडौँ । नेपाल बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन प्रालिबीच भुक्तानी सम्झौता भएको छ ।डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौतामा बैंकका वरिष्ठ प्रवन्धक संजिव जोशी र फोकसवान पेमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपाल बैंकका ग्राहकहरूले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्ड ‘मोको डिजिटल वालेट’मार्फत मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाई जहाजको टिकट भुक्तानीलगायतका सेवाहरू प्रयोग गर्न सक्ने छन् ।साथै बैंकका ग्राहकहरूले ‘मोको डिजिटल वालेट’मार्फत ‘स्क्यान टू पे’ गरेर ६ हजारभन्दा बढी भुक्तानी गर्न सकिनेछ ।
हाल ‘मोको डिजिटल वालेट’मा १९ वटा बैंक तथा वित्तीय संस्थाको भिसा डेबिट तथा क्रेडिट कार्ड एड गरेर भुक्तानी गर्न सकिनेछ ।भिसा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने यो नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी हो । विशेष गरी क्रेडिट कार्डबाट बिजुली, खानेपानी, हवाई टिकट तथा इन्टरनेटको बिल भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो रहेको कम्पनीले जनाएको छ ।
मोको डिजिटल वालेट गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ ।बैंकले नेपालभर २ सय २८ शाखाहरू, २ सय ३ एटीएमका साथै ५४ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच सम्झौता
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड
नेपाल बैंक र काठमाडौँ महानगरपालिका बिच सम्झौता
छात्रवृत्ति अक्षयकोष स्थापना गर्न नेपाल बैंक र प्रहरीबीच सम्झौता