काठमाडौँ । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको फाइनल चरणको बहसका लागि जिल्ला अदालत, काठमाडौँले मंगलबार पेशी तोकेको छ।
पटक-पटक फाइनल चरणको बहसका लागि पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दाले अन्तिम किनारा पाउन सकेको छैन। मंगलबार पनि फाइनल चरणको बहस हुन नसके सन्दीप दक्षिण अफ्रिका टुरमा जाने छैनन्।
सर्वोच्च अदालतले गत १५ फागुनमा नै काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अबलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी दिएको आदेशको तीन महिना पूरा हुँदा पनि मुद्दाले किनारा पाउन सकेको छैन।
पछिल्लो पटक गत ७ जेठमा परेको पेसीमा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा फाइनल चरणको बहस हुन सकेन।
न्यायाधीश पराजुलीले उमेरमा विवाद देखिएको भन्दै जन्मदर्ता प्रमाणपत्रहरूमा पीडितको जन्ममिति फरक परेको भन्दै जन्मदर्ता किताबको सक्कल यथाशीघ्र पठाउन आदेश दिए।
साथै नारायणी अस्पताल वीरगञ्जबाट प्राप्त भएको जन्मदर्ता रेकर्ड स्पष्ट नबुझिएको भन्दै सक्कल किताब प्रमाणका लागि झिकाउन आदेश दिएका थिए। सोही आदेश अनुसार उक्त डकुमेन्टहरू अदालत आइपुगेको छ।
त्यसअघि गत १९ वैशाखमा मुद्दाको पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको थियो। जहाँ सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए।
न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिनुपर्ने आमचलन रहँदै आए पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइनेमा राखेपछि पुन: फाइनल चरणको बहस भएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले सन्दीपलाई दियो भिसा
महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिल कार्यालयले दियो पुनरावेदन गर्नुपर्ने राय
ब्रान्ड एम्बेसडर बने सन्दीप लामिछाने
जन्मदिनमा सन्दीपको सन्देश- तपाईंहरूको माया र समर्थन मेरो सबै थोक हो