काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नयाँ भवन निमार्ण नगरिने घोषणा गरेका छन् ।आर्थिक बर्ष २०८० ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सवैखाले प्रोत्साहन भत्ता खारेज गर्नेसमेत जनाएका छन् ।
‘स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छु,’ अर्थमन्त्री महतले भने, ‘नयाँ सवारी साधन र फर्निचर तथा फर्निसिङ खरिद गरिने छैन। आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेक नयाँ भवन निर्माण गरिने छैन।’
उनका अनुसार इन्धन, कार्यालयसम्बन्धी सामान लगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिनेछ। नेपाल सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गरिनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशिष्ट परिवेशमा कांग्रेस-एमालेको सरकार बन्योः नेता महत
आफ्नैलाई विपक्षी ठान्नेहरुले कांग्रेस एक्लै चुनाव लड्छ भनेर मात्रै हुँदैन : प्रकाशशरण महत
वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् : प्रकाशशरण महत
क्रिकेटका लागि सरकारले बजेट थप्छ : अर्थमन्त्री