काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको निरीक्षण गरेकी छन्।
गणतन्त्र दिवस, २०८० को सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले राससको समाचार सङ्कलन कक्ष, नेपाली, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार सम्पादन कक्ष, तस्बिर सम्पादन कक्ष र प्रशासनिक कक्षको निरीक्षण गरिन्।
पूर्वराष्ट्रपति भण्डारीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारी, प्रमुख समाचारदाता उत्तम सिलवाल, प्रधानसम्पादक एकराज पाठक, अङ्ग्रेजी समाचार सम्पादन शाखाका प्रमुख दीपराज सन्याललगायतले व्यवस्थापकीय र समाचारसँग सम्बन्धित विषयमा जानकारी गराएका थिए।
सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले राससका समाचार सेवा सन्तुलित र निर्विवाद हुने गरेको आफूले पाएको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत विकास गर्दै जनताका आकाङ्क्षा र विकास निर्माणका गतिविधिलाई प्राथमिकता दिन आग्रह गरिन्। साथै उनले राससजस्ता भवन र संरचना निर्माण गर्दा नेपालीपन झल्कनुपर्नेमा पनि जोड दिइन्।
सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई कार्यकारी अध्यक्ष झाले ‘मायाको चिनो’ प्रदान गरेका थिए भने प्रधानसम्पादक पाठकले राससको इतिहास समेटिएको ‘राससः हिजो र आज’ पुस्तक हस्तान्तरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
कम्युनिष्ट आन्दोलनमा भएका विभाजनबारे गम्भीर समीक्षा गर्नुपर्छ : विद्यादेवी भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान
लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय : पूर्वराष्ट्रपति भण्डारी
फागुपूर्णिमामा मौलिकतालाई जोगाउन सबै लाग्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी