काठमाडौं। स्टार्सबर्गसँग १-१ को बराबरीमा रोकिए पनि पेरिस सेन्ट जर्मन (पीएसजी)ले कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । खेलको ५९औँ मिनेटमा मेसीले गरेको गोलमा पीएसजीले अग्रता लिएको थियो । तर, स्टार्सबर्गका गामिरोले ७९औँ मिनेटमा बराबरी गोल फर्काउँदा पीएसजी अंक बाँड्न बाध्य भयो ।
मेसीले यस सिजन पीएसजीका लागि १६ गोल गरेका छन् । यो सिजनको अन्त्यसँगै पीएसजीसँगको मेसीको सम्झौता सकिने वाला छ । आगामी सिजन उनी पीएसजीमा नरहने लगभग पक्का छ ।
स्टार्सवर्गसँग अंक बाँडेपनि पीएसजी एक खेल अगावै लिगको उपाधि रक्षा गर्न सफल भयो । च्याम्पियन पीएसजी ३७ खेलमा ८५ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लेन्सभन्दा ४ अंक बढी हो । स्टार्सबर्ग भने समान खेलमा ४० अंकसहित १५औँ स्थानमा छ ।
पीएसजीले लिगको अन्तिम खेलमा आगामी शनिवार क्लेरमोन्टको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पीएसजीविरुद्ध आर्सनल २–० ले विजयी
फेन्च लिगमा पीएसजीको ६-० गोलको जित
पीएसजीले १६औं पटक जित्यो फ्रेन्च कपको उपाधि
पीएसजी छाड्ने एम्बाप्पेको घोषणा
पीएसजीलाई लगातार तेस्रो उपाधि
लगातार तेस्रो उपाधि नजिक पीएसजी