एजेन्सी । दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग २–३ गोलले पराजित भएपछि पेरिस सेन्ट जर्मेनले लगातार तेस्रो लिग वान उपाधि जितेको छ ।
लिगमा तीन खेल बाँकी छँदा पीएसजीले शीर्ष स्थानमा १२ अङ्कको अग्रता बनाएको छ । यो अग्रतालाई अब उछिन्न असम्भव छ ।
लुइस एनरिकेको टोलीले शनिबार नै उपाधिमाथि कब्जा जमाउन सक्थ्यो । तर, रेलिगेसनको खतरामा रहेको ले हार्भेसँग बराबरी खेलेपछि टोलीले उपाधिका लागि थप एक दिन पर्खनुपरेको हो ।
पीएसजीको यो १२ औँ लिग वान उपाधि हो । क्लबले पछिल्ला ११ वर्षमा १० औँ पटक उपाधि जितेको छ । अब टोलीले बोरुसिया डर्टमण्डविरुद्धको च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो ध्यान केन्द्रित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १७ बैशाख २०८१, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पीएसजीविरुद्ध आर्सनल २–० ले विजयी
फेन्च लिगमा पीएसजीको ६-० गोलको जित
पीएसजीले १६औं पटक जित्यो फ्रेन्च कपको उपाधि
पीएसजी छाड्ने एम्बाप्पेको घोषणा
लगातार तेस्रो उपाधि नजिक पीएसजी