भैरहवा । रुपन्देहीको मर्चवारमा आँखा उपचार केन्द्रको शाखा स्थापना गरिएको छ । आँखाको कुनै पनि समस्या भए भैरहवा आउनुपर्ने बाध्यताको अन्त्यका लागि स्थानीयस्तरमा आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी–२ अमवामा आखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको हो । नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाँउपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, नेत्र ज्याति संघ रुपन्देहीका सभापति सागर प्रताप राणा र मर्चवारी गाँउपालिका अध्यक्ष गया प्रसाद बरईले संयुक्त रूपमा आँखा अस्पतालको उद्घाटन गरेका हुन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ जेठ २०८०, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निःशुल्क आँखा शिविरबाट ५ सयजना लाभान्वित
मोतीबिन्दुको शल्यक्रियापछि १३ जनाको आँखामा संक्रमण, ३ चिकित्सक निलम्बित
प्रत्येक वर्ष आँखा जचाउन तिलगङ्गा प्रतिष्ठानको आग्रह
बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने
आँखा शिविरबाट ३०० जना लाभान्वित
१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…