काठमाडौँ । काठमाडौँ महानगरपालिका-५ स्थित सामाजिक संस्था कैलाशकुट सामाजिक अभियानले शनिबार आयोजना गरेको शिविरमा ३०० जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ ।
संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठका शिविरमा तिलगंगा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका थिए । शिविरमा ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।
यसअघि पनि अभियानले वडावासीलाई लक्ष्यित गरी मधुमेह र मुटुरोगसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । शिविरका लागि लक्ष्मीनारायण देवस्थल सेवा समितिले पनि सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोतीबिन्दुको शल्यक्रियापछि १३ जनाको आँखामा संक्रमण, ३ चिकित्सक निलम्बित
प्रत्येक वर्ष आँखा जचाउन तिलगङ्गा प्रतिष्ठानको आग्रह
बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने
१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…
आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
त्रिपुरेश्वरमा शिशुको आँखाको जटिल शल्यक्रिया सफल