विना प्रमाण विषयहरू बाहिर ल्याएर प्रहरी संगठनलाई बदनाम बनाउन खोजियोः आईजीपी कुँवर

सफल खबर संवाददाता

बुधबार, १० जेठ २०८०, १४ : ३८
विना प्रमाण विषयहरू बाहिर ल्याएर प्रहरी संगठनलाई बदनाम बनाउन खोजियोः आईजीपी कुँवर

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरी संगठनलाई बदनाम गराउने तत्व सक्रिय भएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समयमा आईजीपी कुँवरको नाम जोडेर विभिन्न सञ्चार माध्यममा समाचार आएपछि प्रतिकृया दिँदै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।

‘प्रहरी संगठनलाई बदनाम बनाउन केही समूह सक्रिय भएको देखिन्छ,’ आईजीपी कुँवरले भने ।नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा दर्ता आफ्नो पालामा भएको भए पनि आफू त्यहाँबाट बढुवा भइसकेको उनले बताएका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टेकनारायण पाण्डेले केशव दुलाल र सानु भण्डारीसँग सामाजिक सञ्जालमा कुराकानी भएको विषय अहिले बाहिर आएको छ ।

चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनका आन्तरिक विषयहरू र विना प्रमाण र तथ्यविहीन विषयहरू बाहिर ल्याएर विषयलाई अतिरञ्जित बनाउन खोजिएको आईजीपी कुँवरको भनाइ छ ।पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेलगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालगायतका १४ अझै फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस