काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललगायतका अधिकांश मन्त्रीको टोलीले आयोगका उपाध्यक्ष श्रेष्ठसँग आयोगको सचिवालय सिंहदरबारमा भेटवार्ता गरेको हो ।
भेटमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन् । अथाह सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेश पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए ।भेटमा आयोगका उपाध्यक्ष डा श्रेष्ठले बजेट माग्न सिंहदरबार धाउनुपर्ने बाध्यता अब हटेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२१ गतेभित्र बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी
एमालेले लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता
सुदूरपश्चिम सरकारले गर्यो १० महिनामा ३४ प्रतिशत बजेट खर्च
सुदूरपश्चिम सरकारलाई समर्थन दिने नाउपाको निर्णय
सुदूरपश्चिम सरकारमा सहभागी भएका आफ्ना मन्त्रीलाई कारबाही गर्ने रञ्जिताको चेतावनी