चितवन । भरतपुर महानगरपालिकाको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराएका हुन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको बताइन् ।
देशका पालिकाहरूमा सबै सूचकहरूमा अग्रणी रहेको महानगरपालिकाको झण्डालाई सर्वोच्च शिखरमा फहराएर विश्वभर विकासको सन्देश प्रवाह गरेको उनको भनाइ छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउँदै छ ।
यी गतिविधि महानगरको पर्यटन प्रर्द्धनका लागि समेत सहयोगी हुने उनको भनाइ छ । देशकै मध्यभागमा रहेको भरतपुर महानगर पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।
सगरमाथामा महानगरको झण्डा फहर्याउने यस अभियानको संयोजन गरेको महानगरका विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले सगरमाथा पुगेको टोली झण्डा गाडेर काठमाडौँ फर्किएको बताए । टोलीलाई महानगरपालिकाले बिदाईगरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ जेठ २०८०, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न