बझाङ । बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । सुर्मा गाउँपालिका–३ घर भएर यार्सागुम्बा संकलन गर्न गएकी रमादेवी भनिने रामकोइलादेवी बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।
घटनास्थलतर्फ गएको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यहाँ नपुगे पनि स्थानीय बासिन्दाले बोहराको शव भेटिएको जानकारी प्रहरीलाई गराएको उनले बताएका छन् । हिमपहिरोमा परेर बेपत्ता भएका अन्य दुई जनाको भने खोजी भइरहेको डीएसपी भण्डारीले बताए ।
पहिरोमा परेर दुई जना घाइते भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो गएको खबर स्थानीय बासिन्दाले दिएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ । तर पैदल जानुपर्ने भएकाले त्यहाँ पुग्न समय लाग्ने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का
बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने
मतगणनाका लागि बझाङमा सर्वदलीय बैठक सुरु
बझाङमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान
उपनिर्वाचनका लागि एमालेले बनायो ५०१ सदस्यीय समिति
बझाङमा माओवादीले उम्मेदवारी फिर्ता नलिने