ललितपुरमा पेट्रोलमा कालोबजारी

पत्रपत्रिकाबाट

शुक्रबार, ११ साउन २०७५, ०८ : ४२
ललितपुरमा पेट्रोलमा कालोबजारी

ललितपुर  । टीकाभैरवमा अवैध रुपमा पेट्रोलको कारोबार भइरहेको छ ।  ११० रुपैयाँ पर्ने पेट्रोल यहाँ पुग्दा १३० रुपैयाँ पर्छ । यहाँ पानीको बोतलमा खुलेआम पेट्रोल बिक्री भइरहेको छ ।

मोटरसाइकल मर्मत गर्ने पसलमा पनि यसको खुला बिक्री भइरहे पनि प्रहरीले नियमन भने गर्न सकेको छैन ।  आजको कान्तिपुरको पृष्ठ ४ मा समाचार छ ।

प्रतिक्रिया दिनुहोस