भरतपुरमा दिउँसै चोरी गर्न खोज्ने एक महिलालाई स्थानियले प्रहरीमा बुझाए

विहीबार, १० साउन २०७५, १९ : २९
भरतपुरमा दिउँसै चोरी गर्न खोज्ने एक महिलालाई स्थानियले प्रहरीमा बुझाए

चितवन । भरतपुर १० स्याउली बजारमा घरको ताल्चा फोड्दै गरेको अवस्थामा एक महिलालाई स्थानियले पक्राउ गरेका छन् ।
स्थानिय शर्मिला आर्चायको घरको गेटको ताल्चा फुटाएर घरको मूख्य ढोकाको ताल्चा फोड्ने क्रममा छिमेकी बेलाशुभा गुरुङले देखेपछि उनी भागेकी थिईन् ।
घरधनी आर्चाय भने ७ दिन पहिले पोखरा माईतीघर गएपछि घरको रेखदेख बेलाशुभाले गर्दै आएकी थिइन् । घर पछाडिको झाडीमा लुकी रहेको स्थानबाट स्थानियले पक्राउ गरि प्रहरी बुझाएका हुन् । दिउसो १२ बजेर ४५ मिनेटको समयमा चोरी गर्न लागेकै समयमा स्थानियले पिछा गर्दै उनलाई पक्राउ गरेका थिए ।

घरमा केहि नभएको मैका पारि सरिता विक नाम गरेकी २५ बर्षिय महिलाले २/४ वटा घरमा चोरी गर्न प्रयास गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभू प्रसाद ढकालले जानकारी दिनुभयो ।

उनको साथमा ताल्चा फोड्न प्रयोग गरेको स्क्रीउ डाईभर भेटाईएको छ । प्रहरी नायव उपरिक्षक ढकालका अनुसार एक हप्ता अघि काठमाडौँबाट चितवन आई केहि घरहरुमा चोरी गर्न खोजेको प्रराम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिनुभयो ।

ढकालले चोरी संजालमा को को छन् ? भन्ने विषयमा अनुसन्धान शुरु गरिएको उहाँले जानकारी दिनुभयो । चितवनमा यो समयमा मकै,भाडी र खेतीको काममा कृषकहरु व्यस्त हुने भएकाले चोरीका घटनाहरुमा वृद्धि हुने गरेका छन् । लामो समय देखि चितवनका विभिन्न भागमा चोरीको विग विगी भएपछि प्रहरीले रात्रीकालिन गस्ती पनि गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस