काठमाडौं।नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने चेतावनी दिएको छ । सो पार्टीका संरक्षक रेशम चौधरीलाई जिल्ला अदालतले तोेकेको जन्मकैद फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने तयारी गरेको हो ।
सो पार्टीका संरक्षक चौधरीलाई रिहा गर्नेगरी कानुन संशोधनका लागि विधेयक संसद्मा पेस गरेकै बेला मंगलबार सर्वोच्चले यस्तो आदेश सदर गरेको थियो । रेशम चौधरी २०७४ साल फागुनदेखि काठमाडौंको डिल्लीबजारस्थिर सदरखोरमा छन् । जिल्ला र उच्च अदालतको फैसलाअनुसार उनी अझै १४ वर्ष थुनामा बस्नुपर्नेछ । नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जिता श्रेष्ठ सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् । सो पार्टीले प्रधानमन्त्रीलाई सरकार छाडेर आन्दोलनमा जाने चेतावनी दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी
नागरिक उन्मुक्ति पार्टीको बैठक बस्दै
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे पार्टी
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश