काठमाडौ । बिगत केही दिन यता अबैध रुपमा सुन ल्याउने गिरोह सक्रिय हुन थालेको छ । सरकारले बिभिन्न देशबाट नेपाल भित्रने सुनका बारेमा अनुसन्धानलाई तीव्र बनाएको भएपनि अबैध रुपमा सुन भित्रने क्रम भने जारी रहेको छ ।
बिषेश गरी चीनबाट अबैध रुपमा भित्रने सुन सुरक्षाकर्मीले चेकजांचलाई कडा बनाएपछि अहिले तेस्रो मुलुकबाट हवाइमार्ग हुदै सुन नेपाल भित्रन थालेको छ । नेपालमा सुन भित्रने क्रम नरोकिएपछि सुनको राष्ट्रिय तथा अन्तराष्ट्रिय गिरोहसम्म पुग्न सरकारले प्रयास गरेको भएपनि त्यो बिभिन्न कारणले सफल हुन सकेको छैन ।
यस अघि चीन,हङकङ, सिंगापुर, खाडीका बिभिन्न मुलुक, मलेसिया बाट सुन तस्करी हुने गरेको भएपनि अहिले भने थाइल्याण्डबाट सुन तस्करी हुन थालेको छ ।
बिषेश गरी मलेसिया लगायत खाडी मुलुकबाट फर्कने नेपाली कामदारलाई प्रयोग गरेर सुन माफियाहरुले सानो सानो परिमाणमा सुन नेपाल पठाउने र नेपालमा रहेका एजेन्ट मार्फत संकलन गर्ने कामलाई समेत सुरक्षा निकायले निस्तेज बनाइदिएपछि तस्करहरु अहिले फरक भुमिकामा देखिन थालेका छन् । नेपाल समाचार पत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १० साउन २०७५, ०९ : १७
लेखकबाट थप