लायन्स क्लब अफ चितवन राइनो सिटीद्वारा वृद्धवृद्धाहरुलाई १ दिनको भोजन

बुधबार, ०९ साउन २०७५, १७ : ४९
लायन्स क्लब अफ चितवन राइनो सिटीद्वारा वृद्धवृद्धाहरुलाई १ दिनको भोजन

चितवन । रत्ननगरको अग्रणी लायन्स क्लब, लायन्स क्लब अफ चितवन राइनो सिटीले आज देवघाट स्थित रोटरी करुणालयमा रहेका १०० वृद्धवृद्धाहरुलाई १ दिनको भोजन गराएको छ । लायन्स क्लबका वर्ष २०१८/२०१९ का कोषाध्यक्ष लायन दिनेश कँडेलका सुपुत्र सिद्धार्थ कँडेलको शुभ जन्मोत्सवको अवसर पारेर  उहाँकै सौजन्यतामा क्लबले उक्त कार्यक्रम गरेको हो ।

क्लबका अध्यक्ष लायन ओम सापकोटाको अध्यक्षता र लायन्स डिस्ट्रिक ३२५ बि टु का डिस्ट्रिक सिनीयर एडभाइजर लायन राम प्रसाद भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन क्लबका पूर्व अध्यक्ष लायन वेद प्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा डिस्ट्रिकका एओजि लायन तथा क्लबका पूर्व अध्यक्ष लायन निरज श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष लायन भिम बहादुर नेपाल सहित ११ जना लायन्स पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस