सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ । ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असलुको रकम फिर्ता गराउन थालको हो ।
सो क्रममा सेवाग्राही ठग्ने ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कारबाहीको सुरु गरेको छ । प्रशासनले पक्राउ परेकाहरूबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकम समेत फिर्ता गराएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएको बताइन् ।
उनले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजार सम्म रकम लिएको पाइएको बताइन् । सो रकम समेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको बताइन् ।
यसैबिच सुनसरी प्रशासनले लेखापढी व्यवसायीको आचरण र व्यवहारको आधारमा निगरानी बढाइएको समेत जनाएको छ । उसले दर्ता बेगर सञ्चालनमा रहेका पसल तथा फर्म बन्द गरिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३१ बैशाख २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिडिओ कार्यालय पर्सामा तनाव, विवाद साम्य पार्न छलफल जारी
जिल्ला प्रशासन पर्साको प्रांगणभित्रका भाडाका सटर खाली गर्न ३५ दिने सूचना
कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि…
जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमै सर्वोत्कृष्ट