काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शेर्पा २०७० सालमा रामेछापबाट संसदमा निर्वाचित व्यक्ति हुन् ।
शरणार्थी प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए ।
हाई प्रोफाइल व्यक्ति पक्राउ परेपछि शेर्पा अहिले मोबाइल अफ गरेपछि फरार भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी ठगी प्रकरणमा मुछिएकी राप्रपा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी