एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिवानका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
अफगानिस्तानमा महिला अधिकार हनन गरेको तथा तालिवान सरकारले निरन्तर रूपमा लिङ्गमा आधारित अपराध गरेको भन्दै उनीहरूलाई पक्राउ पुर्जी जारी गरिएको हो ।
आईसीसीका प्रमुख अभियोजकका अनुसार तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा र इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका मुख्य न्यायाधीश अब्दुल हकिम हक्कानीविरूद्द यो पक्राउ पुर्जी जारी भएको हो ।
दुई शीर्ष तालिबान अधिकारीहरू विरुद्ध आईसीसीले कारबाही गरेको खबर पछि अफगान महिला र मानव अधिकार अभियानकर्ताहरूले तुरुन्तै स्वागत गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
‘यस पक्राउ पुर्जी पछि हामीलाई आशा जागेको छ कि हाम्रो आवाज दबिएको छैन र विश्वले अझै पनि समानता र न्यायको लागि हाम्रो आह्वान सुन्छ भन्ने देखिएको छ,’ एक अफगान कार्यकर्ता जो ग्रामीण अफगानिस्तानका किशोरी लागि घर घरमा आधारभूत साक्षरता कक्षाहरू प्रदान गर्दछ, उनले सिएनएनसँग भनेका छन् । तर, प्रतिशोधको डरले आफ्नो नाम लुकाउन उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी ठगी प्रकरणमा मुछिएकी राप्रपा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी