आइजी सर्वेन्द्र खनालको १०० दिन , कुन कुन क्षेत्रमा भयो सुधार ? (विवरण सहित)

बुधबार, ०९ साउन २०७५, १३ : ४५
आइजी सर्वेन्द्र खनालको १०० दिन , कुन कुन क्षेत्रमा भयो सुधार ? (विवरण सहित)

काठमाडौँ । गत चैत्र २७ गते नेपाल प्रहरीको २६ औँ प्रहरी महानिरिक्षकमा नियुक्त भएका सर्वेन्द्र खनालको १०० दिन पुरा भएको छ ।

वि स २०४६ साल माघ २९ गते प्रहरी निरिक्षकबाट प्रहरीमा सेवा सुरु गरेका तनहुँका खनाल हालसम्मकै उत्कृष्ट प्रहरी महानिरिक्षक हुन् भन्ने चर्चा चलिरहेका बेला उनको १०० दिनलाई निकै महत्वपूर्ण ढङगबाट हेरिएको छ ।

अप्ठयारो स्थितिमा संवेदनशील क्षेत्रको कमाण्ड सम्हालेका खनालले यस अघि नै विभिन्न ठाँउमा आफुलाई अब्बल सावित गर्न सफल भएका छन् ।

मधेश आन्दोलनका बेला धनुषाको कमाण्ड गरेर होस् वा दोस्रो जनआन्दोलनको समयमा काठमाडौँको कमाण्ड, उनी आफ्नो कार्य क्षेत्रमा अब्बल मानिएका प्रहरी अधिकारी हुन् ।

चर्चीत गुण्डा नाईके कुमार घैटे ईन्काउन्टरदेखि भारतीय अण्डरवल्ड अपराधी बब्लु दुबे लाई पक्राउ गरेका उनका केहि प्रतिनिधि अप्रेशनहरु हुन् ।

त्यस्तै फुटबलमा भईरहेको म्याचफिकसिङ देखि कालोबजारीमा संलग्न नेपाल सरकारका तत्कालिन सहसचिव रामआधार शाहालाई पक्राउ गरेपछि सर्बेन्द्रको उचाई थप चुलिएको थियो ।

उनै सर्वेन्द्र नेपाल प्रहरीको आइजी बनेपछि धेरैले प्रहरीमा सुधारको आशा गरेका छन् ।खनाल आइजी बनेपछि नेपाल प्रहरीमा सुधार र केहि कामले सुधारको संकेत देखिएको छ । 
 

सरुवा ,बढुवा र पुनसंरचना

लोमो समय देखि रोकिएको सरुवा ,बढुवा र पुनसंरचनाको काम उनले गरेका छन् । जसमा ३ हजार जनाको बढुवा ,१० हजार भन्दा बढी प्रहरीको  सरुवा र पुनसंरचना गरिएको छ । यसले प्रहरी संगठनलाई थप गतिशिल बनाउन सहयोग पुगेको विज्ञहरु बताउछन् ।
 

अपराध नियन्त्रण तथा अनुसन्धान

आइजी खनाल प्रहरी महानिरिक्षक भएर आएसँगै ३३ किजी सुन प्रकरण र सनम हत्याका दोषीलाई पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ ।

सुन र हत्या काण्डमा संलग्न ६३ जना प्रतिवादी मध्ये २९ जनालाई पक्राउ गरिएको छ । विभिन्न अपराधमा संलग्न भई नोटिस जारी गरिएका मध्ये ६ जना विदेशी नागरिकलाई विदेश र १२ जना नेपालीलाई नेपाल ल्याईएको गृह मन्त्रालयको तथ्याङक छ ।

प्रतिक्रिया दिनुहोस