कारागारभित्र ‘विष’ तयार, यसरी भयाे कैदीको मृत्यु

पत्रपत्रिकाबाट

बुधबार, ०९ साउन २०७५, ०८ : २०
कारागारभित्र ‘विष’ तयार, यसरी भयाे कैदीको मृत्यु

काठमाडौ  ।  नख्खु कारागारका कैदी बर्दिया, ठाकुरद्वारका ३२ वर्षीय भक्तबहादुर सुनारको हत्या आयुर्वेदिक विषादीबाट भएको तथ्य सार्वजनिक भएको छ । कैदी सुनारको वैशाख २२ गते उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको थियो ।
उनको हत्यामा सोही कारागारमा सजाय भुक्तान गरिरहेका बाँके, बागेश्वरीका ४० वर्षीय अभिषेकराज सिंहको संलग्नता देखिएको छ । सुर्खेत, भक्तपुर, रुपन्देही र जनकपुरमा भएको श्रृङ्खलाबद्ध हत्या घटनाका योजनाकार सिंह जेल सजाय भुक्तान गरिरहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का अनुसार, हत्यारा सिंहले नख्खु कारागार प्रशासन, आन्तरिक प्रशासन, कारागार ब्यवस्थापन र चौकीदारलाई बदनाम गराई कारागारमा आफ्नो वर्चस्व स्थापित गर्न सहयोगी कैदी सुनारको रहस्यमय ढङ्गले हत्या गरेको प्रहरीको दावी छ ।
प्रहरीले अस्पताल परिसरमा मृतक सुनारको खल्तीबाट उनका दाजुले गृहमन्त्रीलाई सम्बोधन गरी लेखिएको एकपत्र फेला पारेका थिए । सो पत्रमा कारागारभित्रको विकृति, कैदीमाथि हुने यातना र पीडाका घटना उल्लेख गरिएका प्रहरीले जानकारी दिएको छ ।
सीआईबी प्रवक्ता कृष्णहरि शर्माले आयुर्वेद औषषि उत्पादनसम्बन्धी जानकार सिंहले कारागार व्यवस्थापनको बदनाम गराउन सुनारलाई विष खुवाएर हत्या गरेको अनुसन्धानबाट देखिएको दावी गरे ।
शारीरिक रूपमा तन्दुरुस्त सुनारलाई एकदिन अघिमात्र वाक–वाक आउने र रिङ्टा लाग्ने समस्या देखिएपछि उपचारका लागि वीर अस्पताल पु¥याइएको थियो । वीरमा आइसीयू खाली नभएपछि पाटन पु¥याइएको थियो । निरन्तर वान्ता चलेको २४ घण्टा नबित्दै सुनारको मृत्यु भएको थियो ।
सुनारको हत्यापछि कारागार ब्यवस्थापन लगायत नख्खु जेलर र कर्मचारी बदनाम भएसँंगै सरकारले सबैजनाको तत्काल सरुवा तथा जेलका चौकीदार अर्कै जेलमा सरुवा हुनेमा सिंह पूर्ण विश्वस्त थिए, प्रवक्ता शर्माले भने, ‘तर सत्य लुकाएर लुक्दैन ।’
सिंहले सुनारको हत्या गर्न डाँका मुद्दामा जेल सजाय भुक्तान गरी छुटेका दोलखा बैतेश्वरका ३० वर्षीय ध्रुवकृष्ण शर्मालाई परिचालन गरेका थिए । कारागारभित्र खानेकुरामा विष मिसाउने कार्यमा बैकिङ्ग कसुरमा जेल सजाय भुक्तान गरिरहेका सप्तरी बैरवाका मनोज चौरसियालाई प्रयोग गरेका थिए ।
ध्रुवकृष्णले नै सिंहले भने अनुसारको आयुर्वेदिक औषधि बजारबाट खरिद गरी कारागारको गेटसम्म पु¥याएका थिए । गेटबाट मनोजले बुझेर सिंहलाई दिन्थे । प्रहरीले सिंहको साथबाट ठूलो मात्रामा आयुर्वेद तथा अन्य औषधिहरू बरामद गरेको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस