विराटनगर । घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरीरमा मट्टितेल खनाएकी ४० वर्षीय आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्यु भएको हो ।
उनका अनुसार बुधबार राति ९ बजेतिर पति राजकुमार कोइरीसँग विवाद गरेकी शर्माले आफ्नो शरीरमा मट्टितेल खनाएर आगो लगाएकी थिइन्।सो आगलागीपछि उपचारका लागि कोशी अस्पताल, विराटनगरमा ल्याइएको थियो । तर, हिजो साँझ उनको मृत्यु भएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए । सो प्रकरणमा पति राजकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
धनुषामा एक महिलाको विभत्स हत्या
अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित
गर्भावस्थाको समयमा महिलाको मस्तिष्क बारे महत्वपूर्ण अध्ययन
युक्रेनको ड्रोनले आक्रमणमा परेर मस्कोमा एक महिलाको मृत्यु
सर्पले डस्दा महिलाको मृत्यु