चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका स्थानमा तालावन्दी गरेको हो । विभिन्न पाँच सुत्रिय माग पेश गदै २ महिना अगाडि नै राखेको माग सम्बोधन नभएपछि उनीहरुले तालावन्दी गरेका हुन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, वन संकायहरूमा अपुग शिक्षक र भएका शिक्षकहरू पनि अध्ययन बिदामा रहेकाले केन्द्रिय कलेज रामपुरमा कम्तीमा एउटा विभागमा ५ नियमित शिक्षक हुनुपर्नेलगायतका माग विद्यार्थीले राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त
कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा. पाल नियुक्त
कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो ५२ जना कर्मचारी
व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालय
कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने