काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं प्रतिनिधि सभाका सांसद कृष्ण कुमार श्रेष्ठले संसदमा नै बजेट च्यात्ने चेतावनी दिएका छन् । बजेटमा मन्त्रीहरुको स्वार्थ र क्षेत्रमा मात्र बजेट खनाइए आफूले त्यसको प्रतिवाद गर्ने र संसदमा नै बजेट च्यात्ने उनले चेतावनी दिए ।
‘छलफलमा अर्थमन्त्री ज्यू मात्र देखिए रहेको छु । तर म अर्थमन्त्री ज्यू मार्फत माननीय मन्त्री ज्यूहरुलाई यहीँबाट खबरदारी गर्न चाहन्छु आगामी आउने बजेटमा मन्त्रीको क्षेत्रमा मात्र बजेट राख्ने र हामी माननीयहरूको क्षेत्रमा बजेट नराख्ने काम भयो भने सर्वप्रथम किसान श्रेष्ठले त्यो बजेट च्यातेर संसदमा विरोध गर्नेछ’ उनले चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १५ : ०५
लेखकबाट थप