काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिबद्धताहरू पनि माग गरेका हुन् ।
उनले भने, ‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने । सुरुमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ । साइनिङ मनी लिने, २,३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेशनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने । यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन । यस्तै क्रमले यो क्रम अघि बढिरहेको छ । तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन् ।’ राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरूको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाइसेन्स छपाइ तथा वितरणको काम प्रदेश स्तरबाटै हुन आवश्यक छ : मन्त्री दाहाल
पूर्वाधार आयोजना योजनाबद्ध नहुँदा समस्या : भौतिक मन्त्री दाहाल
कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन दिँदैनौँ: मन्त्री दाहाल
मन्त्री दाहालले गरे निर्माणाधिन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण
भौतिक मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन
वृद्धि गरिएको हवाई भाडादर सरकारले नियन्त्रण गर्छः मन्त्री दाहाल