काठमाडौं । पशुपति क्षेत्र विकास कोषले थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आइतबार सम्पन्न कोष सञ्चालक परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने निर्णय गरेको हो ।
विद्युतीय शवदाह गृहमा लाम लाग्न थालेपछि कोष सञ्चालक परिषद्ले यस्तो निर्णय गरेको हो ।निर्माण भएपछि सबै विद्युतीय शवदाह गृहमा निःशुल्क गर्ने निर्णय भएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।
पशुपति क्षेत्रमा अहिले दुई वटा विद्युतीय शवदाहगृह रहेकामा एउटाको यन्त्र बिग्रिएर थन्किएको र हाल एउटा मात्र सञ्चालनमा छ ।कोष सञ्चालक परिषद्ले त्यसै स्थानमा थप चारवटा विद्युतीय शवदाह गृह निर्माण गर्न लागेको हो ।
थप चारवटा विद्युतीय शवदाह गृह निर्माण सकिएसँगै कोषले शव निःशुल्क दाहसंस्कार गर्ने तयारी गरेको हो ।अहिले पशुपति आर्यघाटमा शवदाह संस्कार गरेबापत दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शव दाहगृहमा रु चार हजार शुल्क लिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २५ बैशाख २०८०, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक आह्वान
मारवाडी सेवा समितिले पशुपतिको जग्गामा आँखा लगायो : पशुपति क्षेत्र विकास कोष
तिलगंगा आवास क्षेत्रका संरचना हटाउँदै पशुपति क्षेत्र विकास कोष
महाशिवरात्रिमा २० लाख जना पशुपति आउने अनुमान
पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाइने