आफ्नै विद्यार्थीलाई करणी गर्न खोज्ने प्रधानध्यापक पक्राउ

मंगलबार, ०८ साउन २०७५, १३ : ५४
आफ्नै विद्यार्थीलाई करणी गर्न खोज्ने प्रधानध्यापक पक्राउ

पर्वत । पर्वतको एक विद्यालयका प्रधानध्यापकले आफैले पढाउने छात्रालाई अप्राकृतिक मैथुन गरेको अभियोगमा त्यहाँको प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेको छ ।

फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानध्यापक खिलप्रसाद पौड्याललाई तिन जना वालिका विद्यार्थीलाई अप्राकृतिक मैथुन (जवरजस्ती करणी) गरेको अभियोगमा पक्राउ गरिएको हो ।

‘केहि दिन अघि वडा नम्वर ६ का जनप्रतिनिधि र महिलाहरुको समुहले उनलाई कालोमोसो दल्दै र माफी मगाउँदै मिलाउन खोजिएको रहेछ’– जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले भने– ‘हामीले त्यो कुरा थाह पायौं र फलेवास प्रहरी चौकी मार्फत निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।’

डिएसपी घिमिरेले निज विरुद्ध अप्राकृतिक मैथुन सम्बन्धि मुद्धा अदालतमा दायर समेत गरी सकिएको जानकारी दिए । उनले थपे– ‘सुरुमा त त्यस्तो गरे होलान् जस्तो लागेको थिएन, ७ देखि १२ वर्ष उमेर समुहका ती वालिकाहरुलाई विद्यालय भित्रै प्रधानाध्यापकले अप्राकृृतिक मैथुन गराएको कुरा सुन्दा असाध्यै हृदयविदारक लाग्यो ।’

सधैको अप्राकृतिक मैथुन सहन नसके पछि तीनै जना वालिकाहरुले अभिभावकलाई भनेर साउन ६ गते उजुरी दिएको डिएसपी घिमिरेले बताए ।

कहिले ललाई फकाई त कहिले डर धम्की देखाई निजले अप्राकृतिक रुपमा वालिकाहरुबाट यौन प्यास मेटाउने गरेको यस घटनाले अन्य विद्यालयहरुमा पनि कतै छात्राहरु असुरक्षित हुँदै जाने हुन् कि भन्ने चिन्ता बढेको छ ।

प्रतिक्रिया दिनुहोस