काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आजपनि भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष ओलीले बिहीबार पनि सिंहदरबार पुगेर भेटवार्ता गरेका थिए ।
एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि अध्यक्ष ओलीले लगातार प्रधानमन्त्रीलाई भेट्ने भएका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्रीसँग ओलीले भेटवार्ता गर्ने भएका हुन् ।
रायमाझी बिहीबार नै पक्राउ परेको केही समाचार माध्यमहरुले उल्लेख गरेको भएपनि त्यसको स्पष्ट तथ्य भने बाहिरिएको छैन । प्रहरीले पनि रायमाझीलाई नियन्त्रणको लागि खोजी भइरहेको सुनेपछि प्रधानमन्त्री भेट्न ओली सिंहदरबार पुगेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा ओलीले षड्यन्त्रपूर्वक पक्राउ गर्न खोजिको त हैन भन्दै चासो राखेका थिए । रायमाझी नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । हाल उनी सम्र्कविहीन छन् । उनका छोरासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
कानून दिवसको अवसरमा सर्वोच्चमा चियापान, राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड सहभागी
सुनकोशी-मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास
आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड
जसपा फुटाउन मेरो कुनै भूमिका छैन : प्रधानमन्त्री प्रचण्ड
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड