नेपाल र युएईबीचको खेल फेरि पानीले रोकियो

सफल खबर संवाददाता

सोमबार, १८ बैशाख २०८०, १२ : २५
नेपाल र युएईबीचको खेल फेरि पानीले रोकियो

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण पुनस् रोकिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७।३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल दोस्रो पटक रोकिएको हो ।

यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल रोकिएको थियो । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस