पछिल्लो ४८ घण्टाको अन्तरालमा ९ विद्यार्थीले गरे आत्महत्या

एजेन्सी

शनिबार, १६ बैशाख २०८०, १६ : ०३
पछिल्लो ४८ घण्टाको अन्तरालमा ९ विद्यार्थीले गरे आत्महत्या

काठमाडौं।भारतको आन्ध्र प्रदेशमा पछिल्लो ४८ घण्टामा ९ विद्यार्थीले आत्महत्या गरेका छन् । अन्य दुई विद्यार्थीको आत्महत्याको प्रयास असफल भएको छ । आन्ध्र प्रदेश बोर्ड अफ इन्टरमिडियटले बुधवार ११ र १२ को नतिजा सार्वजनिक गरेको थियो ।परीक्षामा कम अंक वा परीक्षामा फेल भएको कारण विद्यार्थीहरूले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आन्ध्र प्रदेश बोर्ड अफ इन्टरमिडियटका अनुसार यस पटक १० लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये ११ मा ६१ प्रतिशत र १२ मा ७२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।विद्यार्थीहरूले पासो लगाएर, विष सेवन गरेर , भिरबाट हाम फालेर तथा ट्रेनको अगाडि आएर आत्महत्या गरेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस