काठमाडौ । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हातपात भएको भन्दै कर्मचारी विरोधमा उत्रिएका छन्।
नगर प्रमुखलाई घटनाको लिखित जानकारी गराउँदै उनीहरुले दोषीलाई कानुनी कारबाही नभएसम्म कार्यालयको कामकाज ठप्प पार्ने घोषणा गरेका छन्।
शुक्रबार दिउँसो कमलामाई सप्लायर्स धनुषाका सञ्चालक वेचन शर्माको नेतृत्वमा गएको समूहले प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद गेलाललाई कार्यकक्षमै हातपात गरेको आरोप कर्मचारीहरुले लगाएका छन्।
त्यस क्रममा शर्मा नेतृत्वको समूहले कार्यालयका अन्य कर्मचारीलाई समेत गालीगलोज र दुर्व्यवहार गरेको दाबी कर्मचारीहरुले गरेका छन्। दोषीविरुद्ध कारबाही माग गर्दै उनीहरुले नगरपालिका कार्यालय अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन्।
नगरपालिकाले स्थानीय खोलाको ग्राभेल उत्खनननमा रोक लगाएको विरोधमा उनीहरुले प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गरेको कर्मचारीहरुकाे भनाइ छ।
कमलामाई सप्लायर्स धनुषाका सञ्चालक वेचन शर्मा, सिरहाकाकै धनगढीमाई १२ का महेश अधिकारी, धनगढीमाई ४ का रामएकवाल यादव लगायत ५/७ जना उच्छृंखल व्यक्तिहरुले प्रमुख प्रशासकीय अधिकृत गेलाललालाई कार्यकक्षमा थुनेर पानीको बोतल गर्दै हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
उच्छृंखल समूहलाई नगर प्रहरी र सेवाग्राहीको सहयोगमा बल प्रयोग गरी प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट बाहिर निकालिएको कर्मचारीहरुले नगरप्रमुखलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ बैशाख २०८०, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
राष्ट्र बैंकमा २८ जनालाई जागिरको अवसर (सूचनासहित)
सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित
कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा
संघ, प्रदेश र स्थानीय तहमा कति छन् कर्मचारी ?
६३५ निजामती कर्मचारीले छोडे जागिर