एमालेविहीन बन्दै प्रदेश सरकार

पत्रपत्रिकाबाट

विहीबार, १४ बैशाख २०८०, ०७ : ०७
एमालेविहीन बन्दै प्रदेश सरकार

काठमाडौ । संघीय सरकारबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश सरकारमा पनि नेतृत्वविहीन बन्दै गएको छ । केन्द्रीय सत्तामा गठबन्धन फेरबदल भएपछि पार्टीले नेतृत्व गरेका चार प्रदेश सरकारमध्ये तीनवटा प्रदेश सरकार ढलेसँगै प्रदेशको नेतृत्बाट समेत एमाले च्युत भएको हो ।

मंसिर ४ को निर्वाचनपछि बनेको एमाले–माओवादीसहितको सात दलीय सत्ता गठबन्धनबाट शक्ति बाँडफाँट गर्दा एमालेका भागमा परेको गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूले विश्वासको मत पाउन नसकेपछि ती प्रदेशमा एमाले सरकार ढलिसकेका छन् ।

अहिलेसम्म एमाले नेतृत्वको सरकार केवल कोसी प्रदेशमा मात्रै बाँकी छ । कोसी प्रदेशसभामा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका आठ दलीय सत्ता गठबन्धन र वर्तमान प्रदेश सरकार गठबन्धनको बराबरी संख्या भएकाले एमाले सरकार कायमै छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस