वामदेव गौतमको राष्ट्रियसभा सदस्यविरुद्धको रिटमा सर्वोच्चले माग्यो बहसनोट

सफल खबर संवाददाता

बुधबार, १३ बैशाख २०८०, १६ : ३३
वामदेव गौतमको राष्ट्रियसभा सदस्यविरुद्धको रिटमा सर्वोच्चले माग्यो बहसनोट

काठमाडौं । पूर्वमन्त्री वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएको विरोधमा योग्यतामाथि प्रश्न उठाएर दायर रिटमा सर्वोच्च अदालतले बहसनोट झिकाउने आदेश दिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले सुनुवाई गर्दै सरकारी वकिल र निवेदकसँग बहस नोट मगाएको हो।

भदौ २०७७ मा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएको थियो । प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकीर गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले रिट दर्ता गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस